नियम
उद्योग स्थानान्तरण गर्न स्वीकृति लिनु पर्ने
(१) ऐनको दफा ११ को उपदफा (१) बमोजिम उद्योग स्थानान्तरण गर्ने स्वीकृतिको लागि निवेदन दिँदा देहायका कागजात र विवरण सहित अनुसूची-१० बमोजिमको ढाँचामा निवेदन दिनु पर्नेछ :-

(क) अघिल्लो आर्थिक वर्षसम्मको लेखापरीक्षण प्रतिवेदन,

(ख) अघिल्लो आर्थिक वर्षको कर

(ग). चुक्ता प्रमाणपत्र,

(घ) वातावरणीय अध्ययन प्रतिवेदन आवश्यक पर्ने उधोगको हकमा प्रचलित कानूनबमोजिम स्वीकृत वातावरणीय अध्ययन प्रतिवेदन,

(ङ) उद्योग सञ्चालन गर्दा ऐन वा प्रचलित कानून बमोजिम कुनै छुट, सुविधा वा सहुलियत प्राप्त गरेको भए त्यस्तो छुट, सुविधा वा सहुलियत प्रदान गर्ने निकायको सहमति, (च) अनुसूची-२ बमोजिमको परियोजनाको अद्यावधिक विवरण ।

२) उपनियम (१) बमोजिम निवेदन प्राप्त भएमा उद्योग दर्ता गर्ने निकायले सम्बन्धित उद्योगीलाई ऐनको दफा ११ को उपदफा (२). को अधीनमा रही अनुसूची-११ बमोजिमको ढाँचामा उद्योग स्थानान्तरणको स्वीकृति दिन सक्नेछ।

(३) उपनियम (१) बमोजिम प्राप्त निवेदन जाँचबुझ गर्दा उद्योग स्थानान्तरण गर्ने स्वीकृति दिन मनासिब नदेखिएमा उद्योग दर्ता गर्ने निकायले: निवेदन परेको मितिले सात दिनभित्र सोको कारणसहितको जानकारी निवेदकलाई दिनु पर्नेछ।